ब्लाष्टखबर । सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।  राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस संक्रमणको जोखिमका कारण  बैशाख ८ गतेबाट कक्षा १२ काे र  बैशाख २१ गतेबाट सुरु हुने ११ को वार्षिक परीक्षा स्थगित जनाएकाे छ । 

परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बताउदै स्थगित गरीएकाे दुवै परीक्षा कोरोना संक्रमणको जोखिमका कारण अनिश्चितकालका बोर्डले जनाएको छ ।  बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।