धरान । सन् १९८० को दमदार फिल्म ‘द बर्निङ ट्रेन’ को सिक्वेल निर्माण गरिने भएको छ ।

धमेन्द्र, जितेन्द्र र विनोद खन्नाद्वारा अभिनित ‘द बर्निङ ट्रेन’ को रिमेक गर्न लागिएको हो । फिल्म निर्माता जुनो चोपडा र जैकी भगनानीले रिमेक गर्ने घोषणा गरेका छन् । फिल्ममा ऋतिक रोशनलाई नायकको रूपमा लिने तयारी भइरहेको छ । यसविषयमा ऋतिकसँग निर्माताद्वयले छलफलको चरणमा छन् ।

ऋतिकको इन्ट्री भए फिल्मले एक खाल्को रफ्तार लिने विश्वास निर्माताले गरेका छन् । तर, अहिले विश्वमा चलिरहेको कोरोनाभाइरसको महामारीका कारण पनि फिल्मको तयारी केही ढिलाइ हुने निर्माताद्वयले भारतीय सञ्चारमाध्यममा बताएका छन् । सन् १९८० को यो फिल्म तत्कालीन समयमा ब्लकबस्टर हुन सफल भएको थियो ।