धरान । भारतमा पनि कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

भारत सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि २१ दिने लकडाउन जारी रहेको छ । यही क्रममा बलिउडका नायिका तथा मोडल अंकिता लोखण्डे बसेको अपार्टमेन्टमा एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । उनी बसेको मलाड कम्प्लेक्समा एक जनामा पोजेटिभ भेटिएपछि पूरै अपाटमेन्ट शिल गरिएको छ ।

उक्त अपार्टमेन्टमा अशिता धवन–शैलेस गुलावानी, नताशा शर्मा–आदित्य रेडिज, मिस्कान्त बर्माजस्ता चिरपरिचित कलाकारहरू बस्दै आएका थिए । डी–विङ्गमा बस्ने एक मानिसमा कोरोना भाइरसको संक्रमण देखिएपछि अपार्टमेन्टलाई पूर्ण रूपमा शिल गर्नु परेको हो । अहिले त्यसक्षेत्रमा प्रहरीलाई तैनाथ गरिएको छ ।