धरान । अमेरिकन गायक निक जोनाससँग विहे गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले हालसालै गरिएको फोटोसुटका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् तस्बिरहरू सार्वजनिक गरेकी हुन् । ट्याटलर म्यागजिनका लागि खिचिएका सुन्दर तस्बिरहरू उनले सार्वजनिक गरेकी हुन् । उनलाई उक्त म्यागजिनले कभर स्टोरीका लागि फोटोसुट गरेको थियो । यो तस्बिर कोरोनाभाइरसको संक्रमन हुनुअघि खिचिएको हो ।

पछिल्लो समय प्रियंका युनिसेफको च्यारिटेबल कार्यक्रममा व्यस्त छिन् । त्यसो त विश्व स्वास्थ्य संगठनले पनि उनलाई कोरोनाभाइरसको जोखिमबाट बच्नका लागि सन्देशका रूपमा काम गर्न सद्भावना दूतका रूपमा मनोनयन गरेको छ ।