भद्रपुर । जिल्लाका विभिन्न विकास निर्माण तथा पलाई उद्योगमा काम गर्न नेपाल आएका ७२ जना भारतीय नागरिकलाई झापामा राखिएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लगडाउनमै भारत घर फर्किन खोजेका ७२ जनालाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

७२ जनामध्ये ३९ जना मेचीनगरमा, १८ जना भद्रपुरमा र १५ जना कनकाईमा रहेका छन् । विकास निर्माणसँगै उद्योग ठप्प बनेपछि उनीहरू लुकिछिपी हिँडेर भारत प्रवेश गर्न खोजका थिए । उनीहरूलाई स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

जिल्लामा फेला परेका भारतीय मजदुरलाई जहाँ रहेका छन् । त्यहीकै स्थानीय तहले व्यवस्थापन गर्न आग्रह गरिसकेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । मजदुरलाई खाना तथा आवासको व्यवस्थापनमा तीन वटै स्थानीय तह जुटेको बताइएको छ ।