धरान । बलिउड स्टार अजय देवगनले आफ्नो ५१ औं जन्मदिन सेलिब्रेट गरेका छन् ।

देवगनले बिहीबार परिवारका साथमा आफ्नो जन्मदिन सेलिब्रेट गरेका हुन् । उनले बलिउड नायिका तथा पत्नी काजोल, छोरी न्यासा र युगको साथमा देखिएका छन् । बलिउड उद्योगमा सफल नायकको रूपमा रहेका अजयले फिल्म अलवा आफ्नो परिवारलाई अधिकांस सयम दिने गरेका छन् ।

छोराछोरी र काजोलका साथमा अधिकांस समय देखिने उनले फिल्मी उद्योगबाट छुट्टी पाउने बित्तिकै परिवारका साथमा घुम्ने गरेका छन् । उनले छोरी र छोरालाई पनि विभिन्न कार्यक्रमहरूमा उपस्थित गराउने गरेका छन् । कतिपय अवस्थामा छोरी न्यासालाई सपिङमा पनि लग्ने गरेका छन् ।

बलिउड उद्योगमा निकै सफल मानिएका नायकमध्येका अजयको पछिल्लो फिल्म तान्हाजी हो । जुन बक्सअफिसमा निकै सफल भएको मानिन्छ । यता उनको पहिलो फिल्म फूल ओर काँटे रहेको थियो । तत्कालीन समयमा उक्त फिल्म पनि हिट भएको थियो ।