धरान / साहित्यकार उपेन्द्र पागलको बुधबार दिउँसो निधन भएको छ । दमको समस्याले थलिएका पागल सुनसरीको मधेशास्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

विस १९९९ मा जन्मेका उपेन्द्र पागलको खास नाम उपेन्द्रबहादुर बस्नेत हो । २००७ सालभन्दा अगाडि नै अक्षर, अङ्क र अङ्ग्रेजी लिपि चिनिसकेको व्यक्ति हुन उनी । मामा सलकबहादुर कट्वालको संगतमा सात सालदेखि धरानको पब्लिक हाईस्कुल र आठ सालदेखि पिण्डेश्वर संस्कृत महाविद्यालयमा अध्ययन गरेका थिए । नेपालमा विश्वविद्यालय नभएका कारण बनारस संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त थियो पिण्डेश्वर महाविद्यालय । त्यहपिढेर उनले २०१४ सालमा प्रथमा परीक्षा बनारस पुगेर दिएका थिए ।
विद्यालय पढ्दा उनी थिएटर कलाकारको रुपमा चिनिन्थ्ये । संस्कृत शाकुन्तल नाटक, भीमनिधि तिवारीको किसान नाटकलाई धरानमा देखाएर कलाकारको छनक त्यति बेलै दिएका थिए ।
विसं २०२० सालमा मध्यमा पास गरेका थिए । त्यस पछि उनी गाउँपञ्चायतमा सचिवको जागिरेको रुपमा जीवन शुरु गरेका थिए । २०२५ सालमा भने लोकसेवा दिएर हुलाकको हाकिम भएर १९ वर्ष सूचना केन्द्र, हवाई कार्यालय र निर्वाचन आयोगमा जागिर खाएर अवकास पाएका थिए । अधिकृत भएर २०६१ साल वैशाख २० गते अनिवार्य अवकाश लिएको थिएँ ।
२०२० सालमा अध्ययन छाडेका उनी २०३३ मा शास्त्री र २०४७ सालमा एमए पास समेत गरेका थिए । उनले करिव करिब १ सय जति फुटकर समालोचनाहरूमध्ये धेरै प्रकाशित पनि छन । संयुक्त १ र एकल गरी ४ समालोचनाका कृतिहरू प्रकाशित भएका छन । हालसम्म १२ वटा पुस्तकहरू प्रकाशित भएका छन् । ५ वटा चाँडै प्रकाशित हुने तयारीमा थिए । उनी यति बेला पनि अध्ययन, लेखन, साहित्यिक तथा सामाजिक काममा नै लागि रहेको थिए । ३५ वर्ष ९ महिना सरकारी सेवा गरेबापत १७ हजार ५ सय पेन्सन थियो । निरन्तर साहित्यमा लागेकै बेला उनी बुधबार परधाम गएका छन् । लामाे समयदेखि उनीदम राेगले थलिएका थए ।