धरान । लकडाउनको समयलाई बलिउडका हट सेलिब्रेटीहरूले नयाँ तरिका अपनाउन थालेका छन् ।

बलिउडकी निकै हट एण्ड सेक्सी मानिने सर्लिन चोपडाले लकडाउनमा आफ्ना फ्यानहरूलाई उत्तेजक तस्बिर सेयर गरेकी छन् । उनले तीन घण्टाअघि मात्रै सेयर गरेको उक्त तस्बिरमा झण्डै ५ लाख भन्दा बढीले लाइक गरिसकेका छन् । त्यस्तै २ हजारभन्दा माथिले कमेन्ट गरेका छन् ।

sherlyn_chopara_hot

सर्लिन बलिउड उद्योगमा जम्न नसके पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा भने खुबै जमेकी छन् । सन् २००५ बाट बलिउड उद्योगमा डेब्यु गरेकी उनले सन् २०१२ मा प्लेब्वाइ म्यागजिनका लागि हट फोटोसुट गरेर चर्चामा आएकी थिइन् । तर, भारतमा उनको तस्बिरलाई लिएर खुबै आलोचना भएको थियो । उनले आफूलाई स्वतन्त्र नारीको रूपमा परिभाषित गर्दै आइरहेकी छन् । उनको कामसुत्र थ्रीडी नामक मिथकमा आधारित फिल्म पनि सार्वजनिक भएको थियो । जसबाट उनको भारतमा खुबै आलोचनासमेत भएको थियो ।

पछिल्लो समय उनी आफै कार्यक्रमहरू उत्पादन गर्दै आइरहेकी छन् । उनी अहिले वेवसिरिजमा व्यस्त छिन् । ३६ वर्षीया सर्लिनको वास्तविक नाम भने मोना चोपडा हो । उनी हैदरवाद निवासी हुन् । उनीमात्रै हैन, लकडाउनको समयमा धेरै बलिउड उद्योगका स्टारहरूले विभिन्न खाल्का तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । त्यसैमध्येकी उवर्शी रौतेलाले पनि आफ्नो हट एण्ड सेक्सी तस्बिर सार्वजनिक गरेकी छन् । माल्दिभ्सको समुद्र किनारमा खिचिएको भिडियो र तस्बिर सार्वजनिक गरेकी उनले फेरि फ्यानका लागि नयाँ तस्बिर सार्वजनिक गरेकी छन् ।

urbashi_ratoula_actress

त्यस्तै अमिसा पटेललगायतका बलिउड स्टारहरूले पनि विभिन्न खाल्का तस्बिरहरू सार्वजनिक गरेर फ्यानलाई लकडाउनको समयको सदुपयोग गराइरहेका छन् ।

urbashi_routela