धरान । अखिल नेपाल फुटबल सङ्घ –एन्फा) का बरिष्ठ मानार्थ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले आफ्नो जन्मदिनको अवसरमा विभिन्न वडालाई खाद्यान्न वितरण गरेका छन् ।

अध्यक्ष राईले धरान–८ स्थित अरुण टोलका २५ विपन्न, असहाय परिवारलाई चालमलगायतका खाद्यान्न वितरण गरेका हुन् । उनले प्रतिपरिवार ८ केजीका दरले चालम, दाल, साबु, तेललगायतका सामग्री वितरण गरेका थिए । अध्यक्ष राईले आफ्नो जन्मदिनको अवसर पारेर सामग्री वितरण गरिएको बताए । उनले यस कार्यक्रमलाई केही दिन निरन्तरता दिने बताए ।

कोरोनाभाइरसका कारण सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी र श्रमिकहरूको जीवनयापनमा समस्या भएकाले सहयोग गरिएको उनले बताए । उनका अनुसार २५ घरपरिवारलाइ खाद्यान्न वितरण गरिएकाे हाे । 

कार्यक्रममा नेपाल दलित सङ्घका जिल्ला सचिव विजय छामी, अरूण टोलका टोल विकास संस्थाका अध्यक्ष सीता राई, नेपाल दलित सङ्घ धरानका अध्यक्ष गणेश परियारलगायतको उपस्थिति रहेको थियो । उनी प्रदेश १ एन्फाका अध्यक्ष समेत हुन् ।