हरेक १५ मिनेटमा पानी पिउँदा कोरोना भाइरसको जोखिम समाप्त हुन्छ ? कोरोना भाइरसको घातक खतरालाई ध्यानमा राख्दै मानिसहरू रोकथामको प्रत्येक विधि अपनाउन तयार छन् ।

सोशल मिडियामा पनि कोरोना भाइरससँग डिल गर्न धेरै प्रकारका सल्लाहहरू भाइरल भइरहेका छन्। ती मध्ये केही गलत छन् र केही सही छन् । सोशल मिडियामा प्राय पोष्टहरूमा भनिएको छ कि केही मिनेटको अन्तरालमा पानी पिए कोरोना भाइरस संक्रमण रोक्न सकिन्छ।

सोशल मिडियामा शेयर भएका धेरै विश्वसनीय टिप्सहरूमा भनिएको छ, हामीले सधैं आफ्नो मुख र घाँटी भिजाउनु पर्छ र हरेक १६ मिनेटमा पानी पिउनु पर्छ। विशेज्ञहरूले सेयर गरेका ति पोष्टहरूमा यसरी निरन्तर हाम्रो मुख अथवा घाटीमा रहेका भाइरसहरू पानि पिउनाले पेटमा जाने र पेटमा रहेको एसिडले ति भाइरसहरू नष्ट हुने बताइएको छ ।

लन्डन स्कुल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका एक एपिडेमोलॉजिस्ट कल्पना सपाथी भन्छिन्, संक्रमण कुनै पनि एक भाइरस कणको साथ सम्पर्कको कारण होइन तर हजारौं वा लाखौं कणहरूसँगको सम्पर्कको कारण हुने हो ।, त्यसैले अन्ननलीकाले सफा गर्दा खासै असर हुँदैन। यसरी पानी पिउनाले नै तपाइलाइ कोरोनाको संक्रमण हुदैन भन्ने निश्चिन्नता नभए पनि सम्भावना छ तपाइको मुख र अन्ननलीमा रहेका भाइरसहरू पेटमा पुर्याएर मार्न सक्नुहुन्छ ।

यसरी तपाइले पानी पिएर भाइसको अन्त गर्ने सोच्नु भएको छ भने, नाक वा आँखाको माध्यमबाट तपाइको शरीरमा प्रवेश गरेको हुनु हुँदैन । तर यदि भाइरस तपाइको मुखसम्म आइपुग्यो भने नाक आँखाका माध्यमबाट पनि शरीरमा प्रवेश गर्ने जोखिम भने उत्तिकै हुन्छ ।

धेरै व्यक्तिहरु आफ्नो आँखा, नाक छुनाले पनि शरीर भित्र संक्रमण सार्ने गर्दछ। तथापि, कोरोना भाइरस संक्रमण शरीरमा मुख्य रूपमा मुखबाट फैलिने भने होइन। कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउ गर्दा बाहिर छिटाहरू हामीले श्वास लिएका हुन्छौ र तिनैबाट फैलिने गर्छ । पानी पिएर कोरोना संक्रमणबाट बच्ने उपाय प्रभावकारी नहुनुको अन्य कारणहरु पनि हुन सक्छन् ।

तपाईलाई लाग्न सक्ला कि पेटमा कोरोना भाइरस पुग्नासाथ नष्ट हुन्छन् किनकि हाम्रो पेटमा अम्लीय पदार्थ १ देखि ३ को भागको बीचमा रहेको हुन्छ । तर, यो स्टिल खियाउने ब्याट्रीमा हुने एसिडको तुलनामा कम असरदार हो । खोजकर्ताहरू यो पनि भन्छन् कि साउदी अरबमा कोरोना भाइरससँग धेरै मिल्दो जुल्दाे रहेको प्याथोनेज भन्ने भाइरस आएको थियो । प्याथोनेजमा कम प्रभावकारी वा पेटमा रहेको एसिडसँग प्रतिरोध गर्ने शक्ति पनि थियो ।

त्यसबेला वैज्ञानिकहरूले पत्ता लगाएका थिए कि भाइरस बिरामीहरूको पेटमा पनि जीवित रहन सक्छ।  यसले सजिलै आन्द्रा कोषहरूलाई आक्रमण गर्न सक्छ भन्ने अनुमान गरेको थियो । तर हालसम्म यो स्पष्ट हुन सकेको छैन कि कोविड १९ मा प्याथोनेजका गुणहरु लागू हुन्छ वा हुँदैन। केही बिरामीहरूले बान्ता वा पखाला जस्ता लक्षणहरू देखाउँदै छन्। यसलाइ पाचन प्रणाली संक्रमित हुन सकाेस् रूपमा चीनका केही विज्ञहरूले चेतावनी दिएका छन् ।

एक प्रतिवेदनका अनुसार कोभिड १९ का संक्रमित ५० प्रतिशत मानिसका मलमा पनि भाइरस भेटिएको छ। पानी पिएर कोरोना भाइरस संक्रमण रोक्नको लागि कुनै वैज्ञानिक पुष्टि छैन।