धरान /  मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना  भएका प्रधानमन्त्री केपी शर्मा ओलीकाे अवस्था सामान्य रहेकाे उनकाे सचिवालययले जनाएकाे छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।