ब्लाष्टखबर । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को थप एक संक्रमित भेटिएका छन् । काेराेनाकाे नयाँ संक्रमित भटिएसंगै  नेपालका संक्रमितको संख्या तीन पुगेको छ ।

बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

यस अघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखीएकाे थियाे । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थी भने सफल  उपचारपछि निको भइसकेका छन् ।