Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • त्रिविको परीक्षा स्थगित

त्रिविको परीक्षा स्थगित

alt
  • चैत ६, २०७६
  • रासस
 
काठमाडाै / त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिए ।
 उनले भने, “भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गरेका छाै।” त्रिविले आज पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गरेको थियो । परिषद् बैठकले त्रिवि अन्तर्गतका सम्पूर्ण आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठन–पाठन पनि आजदेखि चैतमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
हिउँदे÷ वर्षे बिदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीलाई आगामी वर्ष बिदाबाट मिलाउने गरीे निर्णय गरेको कार्यवाहाक शिक्षाध्यक्ष प्राडा. भुसालले जानकारी दिए। त्रिविका सेवा आयोगका अन्तर्वाता र परीक्षाका कार्यक्रम सम्बन्धमा सेवा आयोगले सूचना प्रकाशित गरी जानकारी गराउने निर्णय समेत भएको छ । उनका अनुसार बैठकले त्रिविका नियमित प्रशासनिक कामहरु यथावत रुपमा सञ्चालन गर्ने, कार्यालयमा सावुन पानी र सेनिटाइजरको व्यवस्था गरी आवश्यक सावधानीका उपाय अपनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिने, कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी संख्यामा भेला नहुने सूचना जारी गरेको हुँदा सोही अनुसार क्याम्पसका छात्रावासमा आवश्यक व्यवस्था मिलाउने सम्बन्धित क्याम्पसलाई निर्देशन दिने निर्णय गरेको छ ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगन गरिएका परीक्षाका प्रश्नपत्र सुरक्षित राखिने बताए  । उनले उपत्यका बाहिरका क्याम्पसमा पठाइएको प्रश्नपत्र प्रहरी कार्यालयमा राखिने बताए । त्रिविको त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेदेखि, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु गर्ने तालिका तय गरेको थियो ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी  वृद्धि भएको छ ...

भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमा ...

कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा

विराटनगर । भदौको तेस्रो साता भएको ‘जेन जी आन्दोलन’ पछि कोशी प्रदेशको संसदीय ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा
कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा
कामधेनुको अनियमितताबारे बोल्दा शेयर सदस्य चैट
“श्रम संस्कृतिले आउँदो निर्वाचनमा बहुमत ल्याउँछ”
९२१ केजी गाँजा बरामद
प्रविधिलाई दुरुपयोग नगरौं
आजको राशिफलः २०८२ साल मङ्सिर २६ गते शुक्रबार
एनसेलले नयाँ ९७१ नम्बर रेञ्जको मोबाइल नम्बर वितरण सुरु
नेपालमा नसर्ने रोगबाट ७१ प्रतिशत मानिसकाे मृत्यु
शैक्षिक ठगी गर्ने वराहक्षेत्रका सव–इन्जिनियर विरुद्ध मुद्दा
मौलाउँदै डिजिटल हिंसा
सिद्धि नेवाः परिषद्को साधारणसभा सम्पन्न
ध्वनि प्रदूषण रोक्न आवश्यक
आजको राशिफलः २०८२ साल मङ्सिर २५ गते बिहीबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved