बेइजिङ्ग / कोभिड १९ का संक्रमितहरुलाई शून्यमा झारेर चीनको तियानचिन र चोङ्गकिंग नगरपालिका आइतबारदेखि प्रादेशिक तहगत रुपमा पहिलो भएको छ ।
चोङ्गकिंगका ५२ वर्षीय एक कोभिड १९ बाट संक्रमित व्यक्ति पूर्ण रुपमा निको भएपछि चाङ्गसु अस्पतालबाट विहान ११ बजे डिस्चार्ज गरिएको थियो ।
‘ धन्यवाद मलाई यो प्रंशसनीय उपचार प्रदान गर्नु भएकामा ’ खुशीले गदगद हुँदै ती विरामीले आफूलाई शुभकामना दिन आएका सञ्चारकर्मीहरुको उपस्थितिमा क्यामेराको प्लिक प्लिकका बीचमा भने । ‘ तर मेरो अनुहार चाहिं चिन्ने गरी समाचार नबनाउनु नि ’
दक्षिणपश्चिम नगरमा ६ को मृत्युसहित ५७६ नोबेल कोरोनाको कन्फर्म केस सूचिकृत भएकामा १९ दिन यता अन्य कोहि संक्रमित नभएको बताइएको छ ।
साँझ ४.३० सम्ममा कोभिड १९ बाट संक्रमित सबै अस्पतालबाट निको भइवरी घर गई सकेका छन् । उत्तरी क्षेत्रको सो नगरमा १३६ संक्रमित मध्य ३ को मृत्यु भएको थियो ।
गएको शनिबार दिउँसो चिनको केन्द्र मानिएको हुनान प्रदेशबाट पनि सबै संक्रमितहरु घर फर्किसकेका छन् ।
हुनानको राजधानी चाङ्गसाको अस्पतालबाट डिस्चार्ज लिऊ थर भएकी एक महिला संक्रमित हातमा फूलको माला लिंदै डाक्टर र नर्सहरुसँग फोटो खिच्दै थिइन् ।
सिन्हवा समाचार एजेन्सीका अनुसार अस्पतालहरुबाट डिस्चार्ज भइसकेपछि चिनको १२ प्रादेशिक तहमा नोबल कोरोना भाइरस शून्यमा झरेको छ । ती १२ प्रादेशिक तहहरुमा तिब्बत, क्वींघाई, सिनजियाङ्ग, युनान, फुजियान, च्याङ्गसु, च्याङ्गसी र अनहुईका साथै हुनान, चोङ्गकिंग र तियानजिन पर्छन् । यसैबीचमा चिनको स्वशासित क्षेत्र मकाउमा पनि मार्चको शुरुमा कोभिड १९ का संक्रमितहरु डिस्चार्ज भइसकेका छन् ।
चीनमा संक्रमितहरुको संख्या शून्यमा झर्दै गर्दा चीनले अस्पतालबाट स्वयमसेवक र चिकित्सकहरुलाई फिर्ता बोलाई अब आफनो ध्यान विश्वका अरु संक्रमण फैलिएका मुलुकहरुको सहयोगमा केन्द्रित गरेको छ । मार्च १३ मै चिन सरकारले कोरोनाले गर्दा संकटग्रस्त इटालीमा सहयोगको लागि ९ जना डाक्टर र उपचारका साधनहरु भेन्टिलेटर, श्वासप्रश्वासका साधन र मास्कहरु पठाइसकेको छ । चीनमा कोरोना भाइरसको सफल उपचार गरेका चिनिया रेडक्रस सोसाइटीका अध्यक्ष याङ्ग हुईचुआन , मुटु विशेषज्ञ लियाङ्ग चोङ्गगान , इन्टेन्सिव केयर विशेषज्ञ, बालविशेषज्ञ र नर्सहरु सो टोलीमा सहभागी छन् ।
‘ यसैलाई हामी एकता भन्छौ जुन भावनासँग जोडिएको हुन्छ , मलाई लाग्छ अरु सहयोगीहरु पनि आउने छन् । ’ भन्छन् फेसबुकमा इटाली तर्फ जाँदै गर्दाको कार्गो भिडियो देखाउँदै टोलीका सदस्य डि मायो । उनी भन्छन् ‘ हामी मात्रै छैनौ, इटालीलाई सहयोग गर्नका लागि विश्वभरिका मानिसहरु छन् । ’
चीनले इटालीमा मात्र नभएर स्पेन, इरान, इराक लगायतका मुलुकहरुमा समेत आफनो चिकित्सक टोली र उपचारका साधनहरु पठाउनका थालेको छ ।

itali 2