धरान । सुडानका प्रधानमन्त्री अब्दुल्ला हेमडकलाई लक्षित गर्दै बम बिस्फोट गराइएको छ । तर, उनी बाँच्न सफल भएका छन् ।

सुडानको राजधानी खार्तुममा सोमबार बिहान प्रधानमन्त्री कार्यालयबाट निस्किने क्रममा उनलाई लक्षित गर्दै बिस्फोट गराइएको थियो । उनको हत्याको प्रयास गरिए पनि उनी सकुसल रहेको सुडानका सरकारी अधिकारीहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई सुरक्षित स्थानमा लगिएको छ ।

प्रधानमन्त्री कार्यालयका अधिकारीले प्रधानमन्त्री हेमडक सुरक्षित रहेको अलजजीरा डटकमले उल्लेख गरेको छ । प्रम हेमडक सैनिक सुरक्षाका बीच प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्किने क्रममा उनीलाई लक्षित गर्दै बिस्फोट गराइएको थियो । हालसम्म कुनै पनि समूहले यस घटनाको जिम्मा लिएका छैनन् ।

अपडेट न्यूज..........