ब्लाष्टखबर । ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्री र माला शाह नामक महिला वचिको विवाद का बिषयलाई लिएर बिहिबार माला शाहसंगै खत्रीको घर पुगेका महिलाहरुको समुहलाई प्रहरीले लाठि प्रहार गरेको थियो ।

लाठि प्रहारमा बच्चा बोकीरहकी महिलालाई पुरुष प्रहरीका निरीक्षकले लाटी प्रहरा गरेको भिडियो सामाजिक सञ्जालमा भाइर भएको छ ।

भैंसेपाटीमा कार्यरत प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले हेमा श्रेष्ठ नाम गरेकी महिलालाई लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएसंगै सामाजिकसंञ्जाल प्रयोग कर्ताहरुले प्रहरीको आलोचना गरेका छन् ।
लाठी खाने महिलाले प्रहरीले सुनियोजित ढ्गले घेरा बन्दी बनाएर आफूहरुमाथि एकाएक लाठी बर्साएको बताएकी छिन् ।

उनले कुनै प्रकारको आन्दोलन कारी माथी पनि यति सम्मको प्रहार नभएको बताउदै आफूलाई निर्घत पिटेको बताएकी छिन् ।


प्रहरीले घरमा खत्री नभएको बेलामा महिलाको हुल बाधेर आएर घर मा तोडफोडको प्रयत्न भएकाले उनिहरुलाई त्यहाबाट हट्न भन्दा नमानेपछि बल प्रयोग गरेको बताएको छ ।
तर, लाठी प्रहार भएकी उक्त उनले भने खत्री घर भित्र भएको र उनलाई बाहिर निकालेर वार्त गर्ने वातावरण मिलाइदिन प्रहरीलाई महिलाहरले आग्रह समेत गरेको बताएकी छिन् । प्रहरीले शाह र खत्रीलाई प्रहरी कार्यालयमा लगी त्यही छलफल गर्ने भन्दै गर्दा निरीक्षक पौडेलले भने घर पछाडीबाट खत्रीलाई भगाई युट्युबरहरुलाई पनि गेटबारी पठाएर गेटै लगाएर निर्घत कुटपीट गरेको बताकी छन् ।

लाठी हान्निने निरीक्षक पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको प्रहरी परिसर ललितपुरले जनाएको छ ।