ब्लाष्टखबर । प्रहरी निरीक्षकले बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीकाे घरमा धर्ना दिन पुगेका केहि महिलाहरूलाई प्रहरीले त्यहाँबाट हटाउन लाठी प्रहार गरेकाे थियाे ।

 माला शाह नामक महिलाले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै  महिलाहरूकाे समुह लिएर घर पुगेका उनिहरूलाई  त्यहाँबाट हटाउन खोज्ने क्रममा नेपाल प्रहरीका निरीक्षक देवीप्रसाद पौडेलले लाठि चलाउने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे हाे ।

 लाठी खाने  महिला चार महिनादेखि  खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी  माला शाहलाइ सहयाेग गर्न खत्रीकाे घरमा ‘धर्ना’ पुगेकी  हेमा श्रेष्ठ हुन् । उनि आफूलाई अभियन्ता बताउने गरेकाे अनलाइन खबरले जनाएकाे छ । उनलाइ प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेकाे थियाे । उक्त घटनामा  प्रहरीले ६ जना महिलालाई नियन्त्रणमा लिएकाे थियाे।   

केहि महिना अघि खत्रीले शाह सहित तीन महिलाले आफूमाथि कुटपिट गरेको भन्दै उजुरी दिएपछि शाहसंग प्रहरीले सोधपुछ गर्ने क्रममा शाह र खत्रीको सम्बन्ध बाहिरएपछि शाहले सामाजिक सञ्जालमा त्यसबारे अभिव्यक्ति दिँदै आएकी थिइन् । उनले दुई दशकदेखि सँगै बसेको र नाता प्रमाणित गरिदिनुपर्ने र २० लाख दिएकाे  दावी गर्दै  उनले साे रकम फिर्ता मागीरहदाँ खत्रीले भने साह द्वन्दकाे समयमा सुचक मात्र रहकाे बताउदै अाएकाे जनाइएकाे छ । 

यसरी खत्री र साह विच भएकाे विवादमा प्रहरीले पटक-पटक छलफल गर्दा पनि कुनै नमिलेपछि कानूनतः नाता प्रमाणितका लागि अदालत जानुपर्छे भएकाेले वकिलको सहयोग लिएर अदालत वा महिला आयोगमा जान सुझाएसंगै खत्रीको घरमा आफूलाई मानवअधिकारकर्मी बताउने विभिन्न व्यक्तिले नियमितजसो धर्ना दिन थालेका थिए ।

बिहीबार पनि यही क्रममा महिलाको एक हुल युट्युबरसहित धर्ना दिन पुगेका  उनिहरूले  भित्र छिरेर तोडफोड गर्न थालेपछि खत्रीले प्रहरीलाइ खबर गरेसंगै  इन्स्पेक्टर पौडेल नेतृत्वको टोली उनको घरमा पुगेको थियो । त्यसक्रममा उनले बल प्रयोग गरेका हुन् । बच्चासहित बसेकी महिलालाई लाठी हानेपछि अहिले प्रहरीको आलोचना भइरहेको छ ।

स्राेत :अनलाइन खबर