धरान । सडन डेथमा विभागीय टोली नेपाल पुलिस क्लब भाग्यमानी बन्दै फाइनल यात्रा तय गरेको छ ।

पुलिसले अब मनाङ मस्र्याङ्ग्दी क्लबसँग उपाधिका लागि भिडन्त गर्नेछ । बिहीबारको खेलमा लिग लिडर मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले हराउँदै उपाधि होडमा उत्रिएको हो । पुलिस शहीद स्मारक ए डिभिजन लिगमा ५ औं बनेको टिम हो ।

लिगमा पुलिस र मछिन्द्रबीच एक पटक भेट भएको थियो भने जसमा मछिन्द्रले १–० गोलले हराएको थियो । त्यसपछि यो सिजनमा दोस्रो पटक भेट गरेको पुलिसले बूढासुब्बा गोल्डकपमा भने लिगको बदला चुकाएको छ ।

निर्धारित खेल अवधिभर गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोल गरेपछि सडन डेथबाट नतिजा निस्किएको हो । जसमा मछिन्द्रका कप्तान विराज महर्जनको बल विपक्षी गोलरक्षकले बचाउँदै फाइलनमा पु¥याए । मछिन्द्रले एकसाता अघिमात्रै झापामा सम्पन्न सताक्षी गोल्डकप उचालेको थियो ।

बूढासुब्बामा पहिलो पटक सहभागी बनेको मछिन्द्रको यात्रा सेमिफाइनलबाटै रोकिएको छ । अब ऊ इलामको माइभ्याली गोल्डकपमा सहभागी बन्ने भएको छ । फाइनल खेल शनिबार हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । भोलिको मैत्रीपूर्ण खेल आयोजकका विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीको टोली खेल्नेछ ।