धरान / धरानमा जारी २२औँ बुढासुब्बा गोल्डकपको अपिन्तम सेमिफाइनल खेल आज लिग विजेता मच्छिन्द्र फुटबल क्लब काठमाडौं र विभागीय टोली नेपाल पुलिस क्लव विच प्रतिस्पर्धा हुदैं छ ।
धरान–१६ स्थित क्षेत्रीय रंगशालामा हुने प्रतियोगिता निकै रोचक हुने बताइएको छ । नेपाल पुलिस सबै भन्दा बढि बुढा सुब्बा गोल्ड कपको उपाधी उचाल्ने टिम हो । ५ पटक उसले उपाधी जिति सकेको छ । नेपालका स्टार खेलाडीहरु भेरिएको विभगाीय टिम हो ।
मच्छिन्द्र बुढा सुब्बा प्रतियोगितामा प्रवेश पहिलो हो । तर निकै सशक्त टिम रहेको बताइन्छ । विमल घर्तीमगरसहितका स्टार खेलाडीहरु यस क्लवमा अनुबन्धित भएका कारण आजको खेल निकै रोचक हुने छ । यस अघि भारतको सन्डे एफसीलाई ६–१ गोलको भारी अन्तरले पराजित गर्दै मच्छिन्द्रले सिजनको तेस्रो उपाधि अभियानमा लागेको छ ।

अघिल्लो शनिबार सहिद स्मारक ए डिभिजन लिग जितेको मच्छिन्द्र आइतबार झापामा शताक्षी गोल्डकपको उपाधि जित्दै धरान पुगेको हो । आज विजेता टिमले उपाधीका लागि मनाङ मर्स्याङ्दीसँग सामाना गर्ने छ । प्रतियोगिताको फाइनल फागुन १७ गते रहेको छ ।