धरान / पर्यटकीय केन्द्रका रुपमा धरानलाई चिनाउने केही गन्तव्यहरु धरानमा रहेका छन् । ती गतव्यमा ऐतिहासिक विजयपुरगढीमा अवस्थित बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर प्राथमिकतामा परेको छ । यसतै तीनकुने जंगलमा रहेको शनि मन्दिर, धरान ५ स्थित गीता भवन(मन्दिर), भानुचौकस्थित घण्टाघर, धरान १६ स्थित स्ःकोन मन्दिर, धरान १८ स्थित बीपी प्रतिष्ठान र गल्फ मैदान रहेको छन् ।
पर्यटनकर्मी एवं व्यावसायीहरुले धरान आएका पर्यटकहरुलाई एकीकृत प्याकेजकोरुपमा बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले गन्तव्य(प्वाइन्ट) निर्धारण गरिएको धरानका पर्यटन व्यवसायी बासुदेव बरालले बताए ।
बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली, गीता भवन धार्मिक पर्यटकीय हिसाबले धरानको मुख्य गन्तव्यमा पर्छ । शनि मन्दिर र इस्कोन पनि पछिल्लो समय चर्चामा छ । यस्तै, शैक्षिक र स्वास्थ्य उपचारको केन्द्र बनेको बीपी प्रतिष्ठान तथा प्रतिष्ठान र यही भित्र रहेको गल्फ मैदान धरान घुम्न आउने पर्यटकहरुलाई गन्तव्य हो ।

Pindeshowor_3
कहाँ पर्छन यि नाईन पोईन्ट
शनि मन्दिर धरान प्रवेशद्वारमै पर्छ । जंगल सकिन लाग्दा शनिमन्दिर आउछ । यहाँ दैनिक पूजा गर्न आउनेको भीड हुन्छ । शनिवार सडक नै जाम हुने गरि भीड हुन्छ । तीन कुने शनिमन्दिरदेखि करिव २ किमी उत्तर भानुचोकमा घण्टाघर रहेको छ । दाताहरुको सहयोगमा हङकङ्को घण्टाघरको डिजाईनमा यो घण्टाघर बनेको हो । यहाँ दैनिक पर्यटकहरु आउने गर्दछन् । राजमार्गमै भानुचौकदेखि ५ मिटर उतरमा गिता मन्दिर रहेको छ । यहाँ गितामा भएका महावाण्ीहरु भित्ताभरी पढ्न सकिन्छ । भानुचौकदेखि ढेड किमी पश्चिममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यहाँ चिकित्सा विज्ञानमा सार्क राष्ट्रका विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् । भानुचौकदेखि २ किमी उत्तरमा स्कोन मन्दिर पर्दछ । हिन्दु धर्म मान्ने यहाँ देशविदेशका भक्तजनहरु आउने गर्दछन् ।

dantakali-temple
भानुचौकदेखि करिव ३ किमी माथि विजयपुर डाँडामा पिण्डेश्वर, दन्तकाली, बुढासुब्वा र पञ्चकन्या मन्दिर पर्दछ । पौराणिक कथा अनुसार पिण्डेश्वर देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई र्पुयाएर शिवलिङ्गको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । यस मन्दिरमा श्रावण महिनाभरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देशविदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ ।
दन्तकाली मन्दिर भगवान शिवले सतीदेवीको मृतशरीर बोकेर हिड्दा सतीदेवीको दन्तपतन भई शक्तिपीठको रूपमा स्थापित भएको मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरूप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने चलन छ ।

bp pratisthan
बुढासुब्वामा विशेष गरी शनिवारका दिन कुखुरा, सुँगुर आदि बली दिएर पूजा अर्चना गर्ने देश विदेशका भक्तजनहरूको घुईंचो लाग्ने गर्दछ । यो मन्दिरको थप विशेषता भनेको टुप्पो नभएको बाँसहरूको बीचमा रहनु पनि हो । यहाँ भुसुना तथा झिगासमेत आउदैनन् ।

ghantaghar
यो किराँती धर्मावलम्बीहरूका लागि महत्वपूर्ण मन्दिर मानिन्छ । बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्का उठाइएका छन् जसलाई बूढासुब्बा र बूढी सुब्वेनीका रूपमा पूजा आजा गर्ने चलन छ । दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेली र मट्याङ्ग्राले हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ ।

पञ्चकन्या मन्दिर यो इतिहासिक मन्दिर हो । यहाँ भित्र सेन बंशको राजाको भताभुङ्गे दरवार रहेको छ । यो विजयपुर डाँडामा नै पर्दछ ।

dharan 2