धरान / धरान १६ स्थित जनपथ जागरन समाजको आयोजना तथा अन्नपुर्ण युवा क्लवको संयोजनमा १८ औ अन्नपुर्ण साँझयहि फागुन १३ गते हुने भएको छ । अन्नपुर्ण चौकमा हुने यो १६ आंै संस्करणमा शिव लामिछानेको प्रस्तुति दमदार हुने आयोजकले आज पत्रकारसम्मेलन गरि जानकारी दिएको छ ।
सामाजिक सोवमा क्रियाशिल क्लवले साँझमा उनलाई धरानका वल्किङ्ग क्लाउड व्याण्ड, इलुमिनेट व्याण्ड र फन्क प्mयुजन डान्स सेन्टरको प्रस्तुतिले साथ दिनेछन ।
यस पटक भ्मण बर्ष २०२० लाई लक्षित गर्दै धरान वाड नं १६को पर्यटकीय स्थलहरुको पर्वद्धन तथा आफ्नो वडालाई चिनाउने गरि कार्यक्रम गर्न लागेको अन्नपुर्ण युवा क्लवका अध्यक्ष किरण वराइलीले जानकारी दिए । यसका लागि वाड न. १६मा रहेको धार्मिक स्थलहरु हारतीमाताको मन्दिर, सिवन चर्ज, कृष्ण मन्दिर, शैक्षिक स्थलहरु नास्ट साइन्स कलेज, युएन होटल म्यानेजमेन्ट कलेज, सिदार्थ स्कुल, खेलकुद क्षेत्रमा धरान रंगशाला, यसै गरि घुम्नका लागि झोर्लुङ्गे पुल लगायतको डकुमेन्ट्री वनाई विभिन्न सामाजिक संजाल मार्फत प्रचार गर्नुका साथै कार्यक्रमको दिन प्रदर्शन गरिने वराइलीले जानकारी दिए ।
साझको आयोजनाले स्थानिय कलाकारहरुलाई आफ्नो कला देखाउने प्लेटफर्म हुने अन्नपुर्ण क्लवका उपाध्यक्ष गौतम खालिङ्ग वताउछन । यहि साँझमा प्रस्तुति दिएर खारिएका सविन राई र शिव लामिछाने राष्ट्रिय कलाकार भइसकेको पनि उनले जनाए ।