धरान । फुटबलको समाचार लेखनबारे धरानमा एकदिवसीय अभिमुखीकरण गराइँदै छ । धरान–१३ स्थित नेपाल पत्रकार महासङ्घ सुनसरीको सभाहलमा फुटबलसम्बन्धी समाचार लेखन तालिम दिइरहेको हो ।

तालिममा फिफा रेफ्री सुदेश पाण्डे, खेलकुद पत्रकारद्वय प्रकाश तिमल्सिना र पवन आचार्यले सहजीकरण गरिरहेका छन् । फुटबलको समाचार लेख्दा ध्यान पु¥याउनुपर्ने पक्ष, फुटबलको प्राविधिक पक्षका बारेमा सहजीकरण गरिरहेका हो । २२ औं बूढासुब्बा टुबोर्ग गोल्डकपलाई लक्षित गर्दै खेलकुद पत्रकारिताबारे तालिम प्रदान गरिएको सहयोगी नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।

तालिमको आयोजना भने धरान फुटबल क्लबले गरिरहेको छ । फिफा रेफ्री पाण्डेले भने फिफाले फुटबलमा लागू गरेको कानून र त्यसका प्राविधिक पक्षका बारेमा जानकारी गराएका थिए । त्यस्तै पत्रकारद्वयले भने समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरू र त्यसका प्राविधिक पक्षलाई कसरी समाचारमा उल्लेख गर्ने भन्नेबारेमा जानकारी गराएका छन् । कार्यक्रममा अायाेजक क्लबका अध्यक्ष किशाेर राइले शुभकामना मन्तब्य ज्ञापन गरेका थिए ।