धरान / राष्ट्रिपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत धरान उपमहानगरपालिका स्तरिय प्रतियोगिताको उशुमा विष्णु मेमोरियल स्कुलले दुई वटा स्वर्ण जितेको छ ।
हिजो कवर्डहलमा भएको प्रतियोगितामा ताइची छ्वान विधामा राकेश राई र नानछ्वान विधामा महिला तर्फबाट शायिसा लिम्बुले स्वर्ण जितेका हुन । पुरुष तर्फ मिराक लिम्बुले कास्य जितेका छन् ।

ushu
विजयपुर उच्च माविका खेलाडी समिक्षा राईले स्वर्ण र निग्मा गुरुङ, महिमा राईले कास्य जितेका छन् ।
प्रतियोगितामा नान छ्वान विधामा शिक्षा निकेतनका रोहित लिम्बु स्वर्ण, नव ज्योतिका मुक्साम लिम्बु सुङम्नीमा बोर्डिङ स्कुलकी मोनिम लिम्बुले स्वर्ण जितका छन् । विष्णुकी स्मारिका राई, सिद्धाथ स्कुलका इमोन सुहाङ, ट्रेजा राई, विष्णुकै माङमा लिम्बु, शेखर राई, डिपोट उच्च माविका रिकेश कार्की तेश्रो स्थान हासिल गरेका थिए ।
विजयी खेलाडीहरुलाई धरान नगर खेलकुद विकास समिति संयोजक सुवास राईले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकमा अन्तराष्ट्रिय निर्णायक राजेन्द्र राई, राष्ट्रिय निर्णायक दिपेश राई, शिवु गुरुङलगायतको उपस्थिति रहेको थियो ।
प्रथम र दोश्रो स्थान हासिल गर्ने खेलाडीहरु जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउने उसुका प्रशिक्षक राजेन्द्र राईले जानकारी दिए ।

wushu