पाकिस्तानको बलुचिस्तानमा आत्मघाती विस्फोट हुँदा ८ को मृत्यु, १६ घाइते

alt Pakistani security officials inspect the scene of the bomb blast in Quetta [Jamal Taraqai/EPA]
  • फाल्गुन ५, २०७६
  • ब्लाष्ट खबर

धरान । आत्मघाती बम विस्फोट हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा ८ जनाको ज्यान गएको छ भने १६ जना घाइते बनेका छन् ।

स्थानीय प्रहरीका अनुसार बलुचिस्तान प्रान्तको राजधानीमा निकालिएको धार्मिक र्यालीको क्रममा शक्तिशाली आत्मघाती बम विस्फोट गराइएको थियो । विस्फोट क्वेटा प्रेस क्लबको नजिकै गरिएको थियो । त्यसक्रममा केही पुलिस अफिसरको पनि ज्यान गएको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने केही घाइतेको अवस्था गम्भीर रहेकाे बताइएको छ ।

हालसम्म कुनै पनि सङ्गठनले बिस्फोटको जिम्मा लिएको छैन । छुट्टै बलोचको माग राख्ने समूह वा विद्रोही सैनिकको समूहले घटना घटाएको हुनसक्ने अनुमान गरिएको छ । किनकि यसअघि पनि यस्तै खाल्को बिस्फोट गरिएको थियो ।

लकडाउनमा काङ्ग्रेसको ...

धरान / कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन ...

लकडाउनमा ब्राउन सुगर ...

मोरङ/मुलुक लकडाउन भइ ...

गायक डिल्ली फोम्बोको ...

धरान । गायक डिल्ली फोम्बोको नयाँ गीतको भिडियो रिलिज भएक ...

केकीको धमाकेदार प्रस ...

धरान । माया पुन मगरको नयाँ गीत ‘नेपालकी छोरी&rsqu ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved