धरान / धरानमा आजदेखि राष्ट्रपति रनिङ शिल्डको छनौट शुरु भएको छ । धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका थिए ।
पहिलो पटक स्थानीय तहहरुबाट पनि छनौट थालिएको प्रतियोगितामा धरानका सामुदायिक तथा निजी विद्यालयहरुले भाग लिएका छन् । प्रतियोगितामा भलिवल, एथेलेटिक्स, कवडी, उसु, ताइक्वान्दो र कराते गरि छ वटा विधामा छनौट हुने नगर खेलकुद विकास समितिका संयोजक सुवास राईले जानकारी दिए । डिपो उच्च मावि, रंगशाला र कवर्डहलमा भोलीसम्म प्रतियोगिता हुने छ । नगरमा छनौट भएका खेलाडीहरुले जिल्ला, प्रदेश हुदैं राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने छ्न ।
उद्घाटन सत्रमा विद्यालयहरुले मार्चपास गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिककी उपमेयर मञ्जु भण्डारी, एन्फाका प्रदेश अध्यक्ष किशोर राईलगायतको उपस्थिति रहेको थियो ।

84035990_190636022026234_8673847034509262848_n