भण्टाबारी/ नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले कोशी गाउँपालिकाले आयोजना गरेको कोशी पर्यटन महोत्सवमा २ लाख पर्यटकले अवलोकन गरेका छन् ।

माघ १९ गतेबाट शुरु भएको उक्त महोत्सव हिजो शनिबार सम्पन्न भएको छ । माघ २९ गते नै कोशी पर्यटन महोत्सव सम्पन्न हुने तालिका भए पनि पर्यटकको चापलाई मध्यनजर गर्दै आयोजकले महोत्सवको अवधि तीन दिन थपेका थिए । कोशी गाउँपालिका– ३ मा अवस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहामा आयोजना गरिएको पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य गरी २ लाख पर्यटकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

कोशी पर्यटन महोत्सवको एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधान राईले उद्घाटन गरेका थिए भने समापन कार्यक्रम एक नम्बर प्रदेश प्रमुख प्रतिपक्षी दल नेता तथा सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख आतिथ्य तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कोशी गाउँपालिकाको कार्यालयले ५० हजारदेखि १ लाख पर्यटक भिœयाउने लक्ष्यका साथ कोशी पर्यटन महोत्सव आयोजना गरेकोमा आयोजकको अपेक्षा भन्दा बढी २ लाख पर्यटक भित्रिएका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउँदै एक नम्बर प्रदेश सरकारले लिएको ५ लाख पर्यटक भिœयाउने लक्ष्य पु¥याउन कोशी गाउँपालिकाको कार्यालयले कोशी पर्यटन महोत्सव गरेको कोशी गाउँपालिकाले जनाएको छ ।

कोशी पर्यटन महोत्सवको समापन कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, सुरक्षा निकायका प्रमुखहरू, होटल व्यवसायीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रअहरू, उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीलगायतको उपस्थिति थियो ।

समापन कार्यक्रमलाई सम्बोधन प्रमुख अतिथि राजीव कोइरालाले नेपाल भ्रमण वर्ष सफल बनाउन कोशी पर्यटन महोत्सवले सहयोग पुग्ने बताए । कोशी क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका विशेषताहरू सम्वद्र्धन गर्न र कोशी टप्पुका बारेमा जानकारी गराउन कोशी गाउँपालिकाले आयोजना गरेको पर्यटन महोत्सव सफल भएको उनको भनाइ थियो ।

महोत्सवले लगानी गर्न समेत लगानीकर्ता इच्छुक देखिनु सकारात्मक कुरा भएकोले प्रत्येक वर्ष यस्ता महोत्सव आयोजना गरिनुपर्नेमा कोइरालाले सुझाव दिए । चराको स्वर्णभूमि तथा अर्नाको राजधानी भनेर परिचित कोशी टप्पुका अन्य विशेषताहरूका बारेमा महोत्सव सफल भएको उक्त कार्यक्रमका वक्ताहरूको भनाइ थियो ।

भ्रमण वर्ष २०२० लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटन स्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण सम्वद्र्धन गर्न, स्थानीय जनतालाई पर्यटन व्यवसायमा प्रेरित गर्न, दुर्लभ पंक्षीहरूको संरक्षणमा योगदान पु¥याउन, स्थानीयस्तरमा रोजगार सृजना गर्न, गाउँपालिकाको आन्तरिक आम्दानी अभिवृद्धि गर्न कोशी पर्यटन महोत्सव आयोजना गरिएको हो ।

सो महोत्सवमा मैथिली झिझिया, जटाजटिन, झरनी सहित विभिन्न जातजातिको झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन, कोशी टप्पुको विषयमा जानकारीमूलक ब्रोसयोर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरूको अवलोकन, हात्ती सफारी, कोशी कटानबाट आरक्ष हुँदै कोशी ब्यारेजबाट राजाबाससम्म बोटिङ, स्थानीय हस्तकला र कृषि उत्पादनहरूको ३० वटा स्टल प्रदर्शन, स्थानीय खानाका विभिन्न प्रकारहरू,राष्ट्रिय व्यापी विपि स्मृति कुस्ती प्रतियोगिता, पालिका स्तरीय खेलकूद प्रतियोगिता, स्वास्थ शिविर, चरा तथा कोशी टप्पुमा पाइने वन्यजन्तुको तस्बिर समेत प्रदर्शन गराइएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हासिल गर्न सहयोग पु¥याउँदै उद्देश्यले आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । कोशी पर्यटन महोत्सवमा अपेक्षा गरिएभन्दा बढी पर्यटन भित्रिनुका साथै १० करोड बराबरको आर्थिक कारोबार भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयूब अन्सारी बताए । १ लाख पर्यटक ल्याउने लक्ष्य राखेकोमा २ लाख पर्यटक आएको अन्सारीले बताए ।

माघ १९ गतेदेखि २९ गतेसम्म महोत्सवसम्म आयोजना गर्ने तालिका भए पनि पर्यटकको मागलाई ध्यानमा राखेर तीन थपिएको उनले बताए । कोशी टप्पुको प्रचारप्रसार गर्न कोशी पर्यटन महोत्सव आयोजना गरिए पनि कोशी टप्पु वन्यजन्तु आरक्षले सहयोग नगरेको अध्यक्ष अन्सारीले गुनासो गरे । आयोजक कोशी गाउँपालिका भए पनि यसले प्रवद्र्धन गर्न चाहेको मुख्य कोशी टप्पु हो उनले भने । तर, आरक्ष कार्यालयले यस्तो महान् उत्सवमा बारम्बार बाधक बन्यो । महोत्सव अवधिमा आरक्षमा अहिलेसम्मकै धेरै पर्यटक आएपनि पर्यटकलाई प्रवेश पास उपलब्ध गराउन समेत आरक्षले महोत्सवमा कर्मचारी न खटाएको अन्सारीले बताए ।