जिरोपोइन्ट  /  यहि फागुन २४ गतेदेखि २७ गतेसम्म डाँडाबजार महोत्सव २०७६ हुने भएको छ । डाँडाबजार महोत्सव मुल आयोजक समितिकोे आयोजनामा हुने उक्त महोत्सव धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ डाँडाबजार स्थित भानु माविको मैदानमा हुने छ ।
महोत्सवमा विभिन्न जातिय परीकार, सास्कृतिक कार्यक्रम, जातिय झाकि प्रस्तुत हुने बताइएको छ । सास्कृतिक कार्यक्रममा राष्ट्रिय गायिका मेलिना राईको साथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ ।
विशेष गरी डाँडाबजार वरीपरी नजिक रहेका पर्यटकिय स्थलहरुको प्रचारप्रसार गरी जनमानसमा चिनाउनका लागि महोत्सवको आयोजना गरीएको आयोजक समितिका अध्यक्ष राजकुमार लिम्बुले बताएका छन् ।
महोत्सवमा फुटबल प्रतियोगिताको समेत आयोजना गरीने बताइएको छ । फुटबल प्रतिययोगितामा धरान र धनकुटाका गरी ८ वटा समूहले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।