धरान /  धरान १२ स्थित धरान उपमहानगरपालिका छेऊमा रहेको धरान फुटबल क्लब छेऊको गोपाल शाक्यको घरमा ग्यास सिलिण्डर लिकेज भएर आगलागी भएको छ ।
कोशी ग्याँसको सिलिण्डर जोडेर पाइप ठीक छ छैन भनेर चेकजाँच गर्ने क्रममा ग्याँस सिलिण्डरमै आगोले बताइएको छ । सिलिण्डर नजिक अन्य जल्ने बस्तु केही नभएको कारण ठूलो दुर्घटनाबाट जोगिएको स्थानीयले जानकारी दिएका छन । 
सिलिण्डरबाट आगो निस्किए पछि उनले अगाडी रहेको उपमहानगरपालिकाको दमकललाई खवर गरेका थिए ।