धरान । कोरोनाभाइरसका कारण थाइल्याण्ड र सिङ्गापुरमा हुन लागेको गल्फका दुई वटा इभेन्ट स्थगित गरिएको छ ।

चीनको उहान प्रान्तबाट शुरु भएको कोरोनाभाइरसका कारण हालसम्म ९ सय १० जनाको मृत्यु भइसकेको छ । विश्वभर फैलिएको कोरोनाभाइरसका कारण महिला व्यवसायिक गल्फ एसोसिएसन (एलपिजिए) ले गर्न लागेको गल्फका दुई ठूला इभेन्ट स्थगित गरिएको हो । चीनको दक्षिणी क्षेत्र हैनान आइसल्याण्डमा मार्चको ५ देखि ८ तारिखसम्म गरिन लागिएको ‘ब्लू बे इभेन्ट’ स्थगित गरिएको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै थाइल्याण्डको पाट्यामा फेब्रुअरी २० देखि २३ तारिखसम्म हुन लागेको खेल पनि स्थगित गरिएको एलपिजिएले जनाएको छ । जहाँ ‘होण्डा एलपिजिए थाइल्याण्ड’ हुन लागेको थियो । त्यस्तै ‘एचएसबिसी वुमन वल्र्ड च्याम्पियनसिप’ पनि स्थगित गरिएको छ ।

जुन फेब्रुअरी २७ देखि मार्चको १ तारिखसम्म सिंगापुरमा हुन लागेको थियो । एलपिजिएले आधिकारिक जानकारी दिँदै खेलहरू स्थगित गर्नु आफैमा पनि चुनौतीपूर्ण रहेको जनाएको छ । एलपिजिएले खेल स्थगित गर्दा खेलाडीहरूलाई मात्रै नभई प्रायोजक होण्डाका लागि पनि दुःखद्पूर्ण रहेको जनाएको छ ।

yanga_1131774407_2000x1125