धरान/ तपसी पन्नु अभिनित फिल्म थप्पड रिलिजको सङ्घारमा छ । फिल्ममा सामाजिक कथावस्तुलाई उठान गरिएको छ ।

घरेलु हिंसाको विषयलाई उठान गरिएको यो फिल्मको प्रचारको क्रममा तपसी पन्नुले नयाँ कुरा सार्वजनिक गरेकी छन् । उनले फिल्मको छायाङ्कनको क्रममा आफूले नायकबाट ७ थप्पडसम्म खानुपरेको बताएकी छन् ।

एक अन्तर्वार्तामा उनले फिल्मका एक पात्रबाट उनले रियल लाइफमै ७ थप्पड खानु परेको बताएकी हुन् । उनले पात्र पबेल गुलाटीले थप्पड हानेको दृश्य पटक–पटक रिटेक गर्नुपरेका कारण थप्पड खानुपरेको खुलाएकी छन् ।

गुलाटीले उनलाई थप्पड हान्नकै लागि २ दिन बिताइएका थिए । त्यसपछि गरिएको टेकमा पनि सातपटकसम्म टेक लिनु परेको थियो । जसका कारण आफूले थप्पडको बढी खानुपरेको अनुभव शेयर गरेकी छन् ।

फिल्ममा उनले एकपटक मात्रै थप्पड खानु परे पनि उत्कृष्ट सट लिनका लागि बारम्बार थप्पड खानु परेको बताएकी हुन् । ‘फिल्ममा एकैपटक मात्रै हानेको देखाइन्छ । तर, परफेक्ट सट लिनका लागि ७ पटकसम्म मैले थप्पड खाइरहेँ’–उनले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उल्लेख छ ।

उनले अहिलेसम्मको फिल्म करियरमा यतिधेरै रिटेक भएको पहिलो भएको अनुभव सुनाएकी छन् । तपसीलाई कहिले कान, कहिले गर्दन, कहिले अन्यत्र थप्पड लागेको थियो । फिल्मका निर्देशकले भने तपसीमाथि लागेको थप्पडले दर्शकहरूले साँच्चै रहेको अनुभव गरुन् भन्नका लागि थुप्रै पटक रिटेक गरिएको थियो । यो फिल्म २८ फेब्रुअरीमा रिलिज हुँदै छ ।