धरान । भारतको राजधानी दिल्लीमा रहेको अमेरिकी दूतावास परिसरभित्रै पाँच वर्षीया बालिका बलात्कारको शिकारमा परेकी छन् ।

बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ परेका छन् । बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको हो । बालिकाको परिवार दूताबासको भुइँ तलामा बस्दै आएका थिए । बालिकाका पिता दूताबासमा हेरचार गर्ने सदस्यमा रुपमा रहेका थिए भने पक्राउ परेका युवा ड्राइभर हुन् ।

तर, उनी दूतावासको कर्मचारी भने नभएको भारतीय प्रहरीले जनाएको छ । ती बालिकामाथि बलात्कार भएको चिकित्सकले पनि पुष्टि गरेको छ । बालिकाको अवस्था स्थीर रहेको छ । आरोपित युवाका पिता दूताबासकै कर्मचारी रहेका छन् ।