धरान । चीनको उहान प्रान्तमा जन्मिएको ३० घण्टा मात्रै भएको एक नवजात शिशुमा पनि कोरोनाभाइरस भेटिएको छ ।

ती शिशुमा गरिएको परीक्षणमा कोरोनाभाइरस फेला परेको विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । चिकित्सकहरूले शिशुमा कोरोनाभाइरस देखा पर्नुका पछाडि प्रशुति हुनुपूर्व आमामार्फत् लागेको वा जन्मिएको केही क्षणपछि नै भाइरस लागेको हुनसक्ने बताएका छन् । आमालाई पनि जाँच गर्दा पोजेटिभ भेटिएको थियो ।

एक साताअघि मात्रै जाँच गर्दा आमालाई भने नेगेटिभ भेटिएको थियो । यो रोगको संक्रमण गएको डिसेम्बरको अन्तिमतिरबाट शुरु भएको थियो । हालसम्म ५ सयभन्दा माथि मानिसहरूको ज्यान गइसकेको छ भने सयौंको सङ्ख्यामा प्रभावित बनेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसबाट मृत्यु हुनेमध्ये ८० प्रतिशत ६० वर्षभन्दा माथि उमेरका रहेका छन् ।