धरान/ बलिउड अभिनेत्री दिशा पटानी यतिखेर मलङ्ग फिल्मको प्रमोसनमा व्यस्त छिन् ।

उक्त फिल्ममा दिएको एक किस सिनका कारण उनको चर्चा चुलिएको छ । उक्त तस्बिर भाइरल बनेको छ । सोही विषयमा उनलाई सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले फिल्ममा दिएको किस सिनमा केही पनि मजा नआउने बताएकी छन् ।

बोल्ड र किसिङका सिनका कारण आफूले आलोचनाको सामना गर्नुपरिरहेको बताएकी छन् । उनले यसलाई मोबाइलमा दिएको मिम्स झैं रहेको प्रतिक्रिया दिएकी छन् । उनले कसैसँग पनि चुम्बन गर्न सहज नहुने बताएकी छन् ।

फिल्म यही फेब्रुअर ७ तारिखका दिन रिलिज हुँदै छ । फिल्ममा उनका अलावा सिद्धार्थ कपूर, अनिल कपूरलगायतको अभिनय रहेको छ ।