धरान/ करण जौहणले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले निर्माण गर्न लागेको फिल्ममा चर्चित जोडी रणवीर कपुर र आलिया भट्टलाई लिने घोषणा गरेका हुन् ।

जसमा बिग बी अमिताभ बच्चनसमेतलाई देख्न पाइनेछ । करण जौहरले फिल्मको बारेमा ट्वीट गरेर सार्वजनिक गरेका छन् । उनले निर्माण गर्न लागेको फिल्म एकसाथ हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा रिलिज हुनेछ ।

फिल्मको नाम ब्रह्मास्त्र राखिएको छ । उनले फिल्मको रिलिज मितिसमेत सार्वजनिक गरेका छन् । ट्वीटमा दिएको जानकारीअनुसार उनको फिल्म सन् २०२० को अन्तमा रिलिज गर्ने तयारी भएको छ ।

४ डिसेम्बर २०२० मा फिल्म रिलिज गरिने भएको हो । ट्वीटमा उनले रणवीर, आलिया, अमिताभ र अयान मुखर्जीको फोटो पोष्ट गरेका छन् । जसमा उनीहरूले सन् २०२० को बोर्ड हातमा लिएको तस्बिर देख्न सकिन्छ ।