मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका – १ स्थित रमितेमा आइतबार राती बम बिष्फोट भएको छ । निर्माणाधीन किशान चोक – रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा बम विष्फोट आवाज आएको थियो ।

राती ठुलो आवाज अएपछी बुझुदा निर्माणाधिन किसान चोक रमिते सडक खण्डमा कामका लगि प्रयोग भएका ३ वटा स्काभेटरमा आगजनी र बम बिस्पोटन भएको पाइएको मिक्लाजुङ १ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए ।

घटना स्थलमा थप एक ठाउँमा बम भेटीएको बताईएको छ । आगजनी र बम बिस्फोटनको घटनाले स्थनीय बासीहरु त्रसित बनेका छन् ।

यसै बिच मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बा (कुशल)ले जनयुद्धमा पनि विकास निर्माण जनमुक्ति सेना बाट दुर्गम पहाडमा बाटो निर्माण गर्ने हामी नै हौं ।

आज विप्लव समुह बाट बिकासको निम्ति वाधक भएको खबरले र मेरो निर्वाचन क्षेत्र सडक निर्माण लाई निसाना बनाएको छ । तपाईंले सोचेको क्रान्ति बाट कुन बिन्दुमा पुर्याउनु हुन्छ ।

यहीं देशमा बसेर हेर्नू छ भन्दै सामाजीक संजालमा फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । जनयुद्धमा मुक्ति या मृत्युको कसम खाएर बाचेको मान्छे तपाईंको क्रान्तिमा मर्न चाहन्छु । यस विषयमा प्रहरीले अहिलेसम्म कुनै जानकारी गराएको छैन । विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन ।

यद्यपि प्रतिबन्धित नेकपा विप्लव समुहले विष्फोट गराएकोे आशंका गरिएको छ । विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आईसकेको छैन । उत्तरी मोरङ तत्कालिन शसस्त्र युद्धमा माओवादीको शैन्य तालिम हुने आधार क्षेत्रका रुपमा चिनिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।