विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग्रहण गरेका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को उपस्थीतिमा मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश प्रमुखको कार्यालयमा  चार जना राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री राईले रामबहादुर राना मगरलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अम्बिर वावु गुरूङ्गलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जयमाया गजमेर (विश्वकर्मा) लाई सामाजिक विकास मन्त्रालय र विजयकुमार विकासलाई उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्ति गर्दै सपथग्रहण गराएका हुन् ।

विश्वासबाहेक तीनजना पूर्वएमाले सांसद हुन् । मोरङका विश्वास एमाओवादीबाट निर्वाचित प्रदेशसभाका सांसद हुन् । गुरुङ ओखलढुंगा, गजमेर झापा र राना इलामबाट निर्वाचित सांसद हुन् । राना नेकपाका इलामका अध्यक्ष पनि हुन् ।

नेकपा प्रदेश कमिटीको शनिबार विराटनगरस्थित प्रदेश कार्यालयमा बसेको बैठकले दुई खाली मन्त्रालयमा मन्त्री नियुक्त गर्न सुझाएको थियो । मुख्यमन्त्री शेरधन राईले कृषि र भौतिक पूर्वाधारमा राज्य मन्त्री मात्र नियुक्त गरी दुवै मन्त्रालयको जिम्मेवारी आफैंले लिइरहेका छन् ।

83091415_10217491090961920_6710415877742788608_o