जेएनयु विश्व विद्यालयमा नकावधारीहरूले विद्यार्थीमाथि आक्रमण गरेपछि त्यसको विरुद्ध ‘छपाक’ नायिका दीपिका पादुकोण विद्यार्थीको सपोर्ट गर्न के पुगेकी थिइन् उनको फिल्म छपाक नै बाइकटमा प¥यो ।

एसिड आक्रमणबाट पीडित वास्तविक युवतीको जीवनमा आधारित छपाक फिल्म ४५ करोड लागतमा तयार भए पनि एकसातामा मुस्किलले २८ रुपैयाँमात्र कमाउन सकेको छ । फिल्म क्रिटिक र दर्शकले मनपराए पनि जेएनयु विवादमा फसेपछि हिन्दुत्ववादीहरूले उनको फिल्म बाइकट गरेकाले चलेन ।

यसैबीच बलीउड क्वीन कङ्गना रनौतले सेलिब्रेटीलाई धेरै सम्मान प्राप्त हुने भए पनि देशको मुद्दामा आफ्नो फिल्म प्रमोसन क्याम्पेन गर्न प्रयोग गर्न नहुने प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘कलाकार त कलाकार नै हुन्छ । फिल्म राम्रो छ भने कसैले बाइकट अभियान चलाउँदैमा असर पर्दैन । फिल्म राम्रो बनेको छ भने दुश्मन पनि हलमा पुगेर हेर्छ ।’