धरान । २० औं अन्तर वडास्तरीय टुबोर्ग गोधुली रनिङ कपको उपाधि धरान–१७ ले उचालेको छ ।

उपाधिसँगै धरान–१७ ले उपाधिमाथि ह्याट्रिक पूरा गरेको छ । १८ औं गोधुलीपछि धरान–१७ ले एकछत्र जित हासिल गरिरहेको छ । शनिबारको फाइनल खेलमा धरान–१७ ले धरान–१६ लाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । उपाधिसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित रनिङ ट्रफी जित्न सफल भएको छ ।

उपविजेता बनेको धरान–१६ ले भने नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाण पत्र हात पा¥यो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सिधै टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको दोस्रो हाफको १४ मिनेटमा धरान–१७ का सौजन राईले गोल गर्दै अग्रता बनाए । तर, उनको अग्रतालाई धरान–१६ बाट २७ औं मिनेटमा मनिष बस्नेतले बराबरी गरे । खेलमा व्यक्तिगत टाइटलहरू पनि वितरण गरिएको थियो ।