धरान सुनसरी / तेह्रथुम जिल्ला सिम्ले ५ मा बसोबास गदै आएका ३८ वर्षिय नगेन्द्र पयोङ्गगो लिम्बुको रूखबाट लडेर आँधीपाटो कम्बरदेखि तलको शारिरि नै नचल्ने अवस्थामा रहेको र लामो समयदेखि आर्थिक अवस्था कमजोर कारण उपचार गर्न नसकेका ब्यक्तिलाइ एक कार्यक्रमको आयोजना गरेर तेहथुम यु.के समाजले १ लाख ८४ हजार ७ सय २० रुपैया तेहथुम यु.के समाजका सचिव जय मादेम्बाले बिरामी नगेन्द्र पयोङ्गयो लिम्बुलाई हस्तान्त्ररण गरेको छ । हाल धरान १६ जुनेली मार्गमा आफन्तको घरमा बस्दै आएको नगेन्द्रको परिवारमा ७ वषिर्य एउटा छोरा र श्रीमती छन ।

उनका श्रीमतीले ढाकाको तान बुन्ने जिविकापार्जन गदै आईरहेका छन । आफनो श्रीमानको हातखुटा नै नचल्ने भएकोले छोरा र श्रीमान दुवैलाई हेर्नै निक्कै गाहो भएको नगेन्द्रका श्रीमती लाल कुमारी लिम्बु बताउँछिन । अहिले सम्म कसैले सहयोग गरेको थिएन पहिलो पटक यति ठुलो सहयोग तेह्रथम यु.के समाजले गरेकोमा खुशी लाग्गेको बताउँछिन ।

धरानको वल्फेयर अफिसर क्याप्टेन पुर्ण लिम्बुको बिशेष पहलमा यो सहयोग गर्नु सफल भएको हो वहाँले पठाएको निवेदनको आधारमा नै बिरामीको बारेमा तेह्रथम यु.के. समाजलाई जानकरी भएको तेह्रथुम यु.के समाजका सचिव जय मादेम्बाले बताउदै भने यु.के मा ब्रिटीश गोर्खा भु पु तथा गैर भु.पु सैनिक सबै गरी ६५ जनाले सहयोग गरेका छन तेह्रथुम यु .के समाजका सहकोषअक्ष्य मिलन गुरmङ्गको बिशेष सक्रियतामा आर्थिक सङ्गलनमा जुटाउन सहज भएको तेह्थुम यु.के समाजका सचिब जय मादेम्बा लिम्बले बताए ।

जोखिममा परेका ते्रह्रथम जिल्लामा बसोबास गदै आएका मानिसहरुलाई सहयोग गर्ने पुरायाउने मुख्य उद्धेश्यले सन २००७ मा तेह्रथम यु.के समाज नामक सँस्थाको स्थापन भएको थियो । तेह्रथुम यु.के समाज नामक सँस्थाले अहिले यु.के मा रहेका ब्यक्तिmहरुलाई मात्रै होइन नेपालमा रहेका तेह्रथुमबासीहरुलाई समेत विभिन्न सहयोग गदै आईरहेको छ ।

तेह्रथुमको आठराईको आगो लागिमा तेह्रथुम यु.के समाजले धेरै सहयोग गरेको थियो ।आफनो जिल्लामा रहेका लिम्बु समुदायहरुलाई मात्रै होइन अन्य गैर लिम्बुहरुलाई समेत समहयोग गर्ने हामो उद्धेश्य रहेकोले सबैलाई सहयोग गदै आईरहेको बताए । त्यस्तै क्यान्स रोगीहरु अन्य विभिन्न रोग लागि आर्थिक अभापका कारण उपचारको गर्न नसेका ब्यक्तिहरुलाई बिशेष सहयोग गदै आईरहेका छौ भने आफनो जिल्ला तेह्रथुमको भौतिक विकाशको निम्ति समेत सहयोग पुराउदै आईरहेको तेह्रथुम यु.के समाजका सचिव जय मादेम्बा लिम्बु बताउँछन ।