Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • अष्ट्रेलिया र मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

अष्ट्रेलिया र मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

alt
  • पुस २२, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र त्यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् । भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज  अष्ट्रेलियामा औपचारिक शुभारम्भ गर्दै उनले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरेका छन् ।

प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उनले भने, “लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।” नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उनले नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिएका थिए ।

काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै उनले दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बताए । आफ्नो मन्तव्यको शुभारम्भमा नै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरुप्रति समवेदना प्रकट गरेका थिए । छिट्टै डढेलो नियन्त्रणमा आएर यहाँको जानजीवन सहज हुने पनि उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका सम्पूर्ण नेपालीहरुमा आनुरोध गरे । आफू र आफ्ना यहाँका नेपाली एवं अष्ट्रेलियन साथीहरुलाई भ्रमणका लागि नेपाल लैजान उनको आग्रह थियो ।

सो अवसरमा अष्ट्रेलियाका पक्ष र प्रतिपक्ष दल एवं काउन्सिलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन पनि गरिएको थियो । अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासङ्घका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ ।

गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।

 त्यस्तै, मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताए । उनले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए ।

सम्बन्धित समाचार
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल

भद्रपुर । सरकारले दुई दशक अघिबाट सुरु गरेको ‘हात्तीपाइले’ रोग निवारण अभियान ...

धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना

धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई ध ...

झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती

भद्रपुर । झापाको एउटै निर्वाचन क्षेत्रमा यसपटक चुनावी राजनीति असाध्यै रोचक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
झापामा ‘हात्तीपाइले’ निवारण अभियान असफल
धरानका सर्वमान्य व्यक्तित्व स्व. कृष्णकुमार राईको सम्झना
झापा–२ को चुनावी चर्चाः पूर्व सभामुख घिमिरेलाई महिला उम्मेदवारको चुनौती
सशस्त्र प्रहरीको गम्भीर कमजोरी–इन्सेक प्रतिवेदन
पूर्वमा बालेन क्रेज
आजको राशिफलः २०८२ साल माघ ११ गते आइतबार
सडक दुर्घटनाः चालकको लापरबाही नै मुख्य कारण
झापा ५ को चुनाव चर्चाको शिखरमा
आज सरस्वती पूजा
वैदेशिक व्यापार घाटा नेपाली अर्थतन्त्रको पुरानै रोग
आजको राशिफलः २०८२ साल माघ ९ गते शुक्रबार
धराने मोमोको व्यापार सुरु
सिद्धार्थ स्पोर्टिङ लगातार तेस्रो जितसँगै फाइनलमा
एनसेलको छुट अफर
मनोनयनले दिएको सन्देश र मतदाताको कार्यभार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved