Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तरवार्ता
  • भारतमा नागरिकता सम्वन्धी नयाँ कानुनको विषयमा आज पनि प्रदर्शन

भारतमा नागरिकता सम्वन्धी नयाँ कानुनको विषयमा आज पनि प्रदर्शन

alt
  • पुस ५, २०७६
  • ब्लाष्ट खबर
 
भारत / संशोधनसहितको नागरिकता सम्वन्धी नयाँ कानुनको विषयलाई लिएर आज शनिबार पनि भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । आज सो कानुनको विरोधमा विभिन्न संघ संगठनले संयुक्त रुपमा केन्द्रिय रेलवे स्टेशनमा बृहत प्रदर्शन गरेको छ ।
ती सवै संगठनहरु नयाँ कानुनको विपक्षमा रहेका छन् । उनीहरुले सो कानुनका विरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नारावाजी गरेका थिए । विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कपिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार प्रहरी र प्रदर्शनकारीबीच देशभर भएका झडपमा चारको मृत्यु भएसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका शहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ । सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानूनी व्यवस्था छ ।
सम्बन्धित समाचार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

धरान । सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई नेपाल सरकारले बन्द गर्ने निर्णय ...

तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

धरान । खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित लक्ष्मी मा.वि.को भवन निर्माणमा ...

सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश

धरान । अमेरिकाबाट सञ्चालित हुँदै आएका सामाजिक सञ्जालहरूलाई दर्ताका लागि आह् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
तीन जिशिअ र प्रअसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
सामाजिक सञ्जाल दर्ता प्रक्रियाः सर्वोच्चद्वारा सामाजिक सञ्जाल बन्द गर्न आदेश
धरानको बजेट अझै पारित भएन
यामाहा कम्पनीका दुई बाइक सार्वजनिक
धरानबाट लागूऔषधसहित दुई पक्राउ
मालपोत कार्यालयका खरिदार २ लाख घूससहित पक्राउ
अमेरिका सपनाको अँध्यारो पाटो
आजको राशिफलः २०८२ साल भदौ १९ गते बिहीबार
बृहत्तर वराहक्षेत्रको कार्यकारी निर्देशकको नियुक्तिमा ढिलाइ
प्रतिष्ठानका उपकुलपति प्रा.डा. श्रेष्ठलाई नागरिक समाजको सुझाव
अमेरिकामा नेपाली विद्यार्थीले गुमाउँदै मानसिक सन्तुलन
१३ दिनभित्र झुम्का कारागारमा ३ कैदीको मृत्यु
सिरहाको लहानमा आमाछोरा मृत फेला
गुणस्तरीय पिउने पानीका लागि निगरानी जरुरी
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved