बलिउडका कलाकारहरूमध्ये सबैभन्दा बढी कमाइ गर्नेमा अभिनेता अक्षयकुमार परेका छन् ।

बलिउडमा कलाकारहरूको वार्षिक आम्दानी सार्वजनिक हुने गरेको छ । ‘फोब्र्स इण्डिया’ ले सार्वजनिक गरेअनुसार अक्षयको नाम सबैभन्दा अगाडि रहेको हो । उनले यो वर्ष २ सय ९३ करोड आम्दानी गरेको जनाइएको छ । उनले २० वटा ब्राण्डको प्रमोसन, ४ वटा फिल्म रिलिजका कारण पनि धेरै आम्दानी देखिएको हो ।

यस्तै अर्का अभिनेता सलमान खानले यो वर्ष २ सय २९ करोड कमाएका छन् । सलमानको यो वर्ष ‘भारत’ रिलिज भयो । यस्तै, उनले ‘बीग बोस’ र विज्ञापनबाट राम्रो रकम कमाए । अभिनेता अमिताभ बच्चनले यो वर्ष २ सय ३९ करोड कमाएका छन् । त्यस्तै साहरुख खानको भने यो वर्ष कुनै पनि चलचित्र रिलिज भएन । विभिन्न विज्ञापनको प्रमोसनबाट मात्र उनले यो वर्ष १ सय २४ करोड कमाएका छन् ।

यो सूचीमा अभिनेता रणवीर सिंहको नाम पनि अगाडि छ । रणवीरले १ सय २४ करोड कमाउँदा नायिका आलिया भट्टले ५९ करोड, दीपिका पादुकोणले ४८ करोड आम्दानी गरेकी छन् । यस्तै अजय देवगणले ९४ करोड, रजनीकान्तले १ सय करोड, आमिर खानले ८५ करोड, ऋतिक रोशनले ५८ करोड आम्दानी गरेका छन् ।