उदयपुर / उदयपुरको तामाङ टोलमा कृष्णबहादुर नेपाली मृत अवस्थामा फेला परेकाछन् । रामपुर–भागलपुर सडक खण्ड अन्र्तगत बेलका नगरपालिका–९ को तामाङ टोल विहान करिब ६ः१५ बजे ५२ वर्षीय नेपाली मृत फेला परेको प्रहरीले जनाएको हो ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका–६ कालाबन्जर बहत्तरविघा स्थाई घर भई हाल चौदण्डिगढी नगरपालिका–४ ससुराली बस्दै आएका नेपाली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी तत्काल घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।