अभिनेत्री ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । ऋचा शनिबार दिपेक्षविक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।

नेपाली फिल्म क्षेत्रमा चिनिएकी नायिका ऋचा ललितपुरको लविम मलका म्यानेजर राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् ।परिवारबाट विवाहका लागि दबाव आएको सुनाउँदै आएकी ऋचाले गत बुधबार सामाजिक सञ्जालमार्फत् विवाह गर्न लागेको कुरा सार्वजनिक गरेकी थिइन् ।

आफ्ना व्यक्तिगत कुरा सामाजिक सञ्जालमा कम पोख्ने ऋचाले आफ्नो विवाहको फोटो शनिबार नै ट्विटरमार्फत् सार्वजनिक गरेकी छन् । उनले ट्विटरमा फोटो शेयर गर्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशिर्वाद सदैव यसरी नै मिलोस् ।’