देउराली आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा डा. कृष्णदास महाराज  विरूद्ध  प्रहरीमा उजुरी परे पछि सुनसरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
ठूलो राजनीतिक दलका नेताहरुको संरक्षणमा रहेका कृष्णदास महारज विरुद्ध  महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगी एक महिलाले उजुरी गरे पछि अनुन्धानका लागि सुनसरी प्रहरीलाई उक्त उजुरी काठमाडौं प्रहरीले पठाएको थियो । गत मंसिर ११ गते उजुरी दर्ता गरि अदालती प्रकृयाका लागि जिल्ला अदालत इनरुवा पठाइएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए ।
'उजुरी आएको हो । पक्राउका लागि हामीले अदालती प्रक्रिया पुरा गर्न पठाएका छौं । अदालतको आदेश पछि पक्राउ गरिने छ ।’–डिएसपी शर्माले भने ।
सुनसरकिो चतरास्थित कृषण्दासको आश्रममा बस्दैं आएकी एक महिलाको उजुरी अुनसार गत कार्तिक ४ गते आश्रममा भेट्न बोलाएर कृष्णजदास महाराजले बलात्कार गरेको आरोप लगाएकी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए ।

मंगलबार नै प्रहरीमा जाहेरी परे पछि राजनीतिक प्रभावमा परेर प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको पीडित परिवारले आरोप लगाएको छ । पोखरा चतरालगायत स्थानमा ९ दिनसम्म समाधीमा बसेर एकाएक चर्चामा आएका थिए । उनलाई महासिद्ध योगको जन्मदातासमेत भनिदैं आएको थियो । ठूला राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर चतराको नहरको जग्गामा बस्दैं आएका छन् । उनले करिव ५ सय क्षमताको दुई वटा ठूला भवनहरु सरकारसँग कुनै इजाजत नलिई भवन बनाएर विवादमा आएका थिए । उनीमाथि दुईवटा नागरिकताको समेत आरोप लाग्दैं आएको छ ।
यता सिद्धवावाका नजिकका अनुयाइ सुनिल अग्रवालले कृष्णदास महाराजप्रति गलत आरोपलगाएको बताएका छन् । एउटा गिरोह नै लागेर उहाँलाई फसाउन खोजिएको उनले बताए ।