पछिल्लो समय होटल व्यवस्थापन सम्बन्धी विषयको अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ । विश्वबजारमा फैलदो पर्यटन क्षेत्रको प्रभाव र होटल व्यवस्थापनमा दक्ष कामदारको मागलाई मध्यनजर गर्दै नेपालका विभिन्न शैक्षिक संस्थामा होटल व्यवस्थापन कोर्ष सञ्चालन हुँदै आएका छन् । यसै क्रममा तालिम तथा रोजगारीको लागि विदेश जाने विद्यार्थी तथा कामदारहरूको सङ्ख्या पनि बढ्दो छ । अष्ट्रेलिया तथा न्यूजील्याण्डमा लामो समयदेखि होटल व्यवस्थापन तथा सञ्चालनगर्दै आएकी काइली म्याक्सवेल त्यहाँ एएचएस हस्पिटालिटी नामक संस्था सञ्चालन गर्दै आएकी छिन् । उनले सञ्चालन गर्दै आएको संस्थाले पाँच हजार बढीलाई रोजगारी समेत उपलब्ध गराएको छ । अष्ट्रेलिया र न्युजील्याण्डमा सञ्चालित उनको संस्थाले इटहरीको स्किल कलेजसँग सहकार्य गरी केही विद्यार्थीहरूलाई न्युजील्याण्डमा तालिमको अवसर समेत प्रदान गरेको छ । स्कील कलेजको निमन्त्रणामा नेपाल आएकी एएचएस हस्पिटालिटीकी एक्जुकेटिभ जेनेरल मेनेजर काइलीसँग होटल व्यवस्थापन सम्न्धी सम्भावना र भ्रमणका विषयमा ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सारः–

नेपाल के का लागि आउनुभयो ?
– म अष्ट्रेलिया तथा न्यूजील्याणमा लामो समयदेखि होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएकी छु । पछिल्लो समय इटहरीको स्कील कलेजसँग हाम्रो सहकार्य भएको छ । जस अनुसार केही विद्यार्थी यहाँबाट इन्टर्नको रूपमा न्यूजील्याण्डमा तालिम गर्दै हुनुहुन्छ । यहाँको परिवेश, विद्यार्थी तथा कलेजको अवस्था बुझ्न तथा नेपाल घुम्न म यहाँ आएकी हुँ ।

कस्तो पाउनुभयो त अवस्था?
– यहाँ आउँदा मलाई एकदम खुशी लाग्यो । हामीसँग सहकार्य गरेको स्कील कलेजले यति राम्रो व्यवस्थापन गरेर विद्यार्थीहरूलाई अध्यापन गराइरहेको रहेछ । यहाँबाट गएका विद्यार्थीले उता (न्यूजील्याण) पनि एकदमै राम्रो काम गरिरहेका छन् । भोलिका दिनमा नेपाली विद्यार्थीहरूले पनि होटल व्यवस्थापन सम्बन्धी कोर्ष गरेर राम्रो फाइदा लिन सक्छन् साथै व्यवसाय एवम् रोजगारीको लागि सम्भावना बढ्दो छ ।

कोर्ष नेपालमा गर्ने अनि इन्टरर्नसिप गर्न चाहि“ विदेश नै जानु पर्ने कारण ?
– इन्टरर्नसिप भनेको कोर्षकै एक पाटो हो । यहाँको परिवेश र अन्तर्राष्ट्रिय परिवेशमा फरक छ । विद्यार्थीले भोलि अन्तर्राष्ट्रिय स्तरको व्यवसाय सम्हाल्न सक्ने, अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । न्यूजील्याड, अष्ट्रेलियालगायतका देशको परिवेश तथा हस्पिटालिटी संस्कार त्यहाँको वस्तुस्थिति बुझ्नका लागि पनि विभिन्न देशहरूमा विद्यार्थी जान सक्नु राम्रो कुरा हो । त्यहाँको परिवेशलाई हेरेर विद्यार्थीहरूले कल्पना नगरेको कुरा सिक्न सक्ने अवस्था रहन्छ । सोही कुरालाई मध्यनजर गर्दै अध्ययनकै सिलसिलामा विभिन्न देश तथा स्तरीय होटलहरूको समेत अवलोकन गर्न जरुरी छ । होटल व्यवस्थापनमा न्यूजील्याण्ड र अष्ट्रेलियाबाट नेपाली विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् ।

यहाँ सबै स्थानमा पर्याप्त अन्तर्राष्ट्रिय मापदण्डका होटल तथा स्कुलहरू नहुँदा र विकसित देशले नयाँ नयाँ प्रविधिको प्रयोग पनि गरेकोले विद्यार्थीहरूलाई यस कुराले पनि ज्ञान बढ्न जान्छ । विद्यार्थीहरूले ठूला ठूला होटलमा काम गर्ने शैली र संस्कार सिक्नुपर्ने पनि हुन्छ । त्यहाँ देखेको र सिकेको कुरालाई नेपालमा आएर उपयोग गर्न सक्छन् ।

तपाईंका नया“ योजनाहरु के के छन्?
– अहिले पर्यटन क्षेत्रको विकास र विस्तार दिनानुदिन फैलँदो छ । नेपालीहरू संस्कारले नै अतिथि स्वागत गर्ने खालको पाएँ । हँसिलो अनुहार, मेहनेती हुनुका कारण हस्पिटालिटीको क्षेत्रमा नेपालीहरूको सम्भावना अत्यन्त प्रबल छ । अब बढीभन्दा बढी विद्यार्थी तथा कामदार आफ्नो संस्थामा भिœयाउने उद्देश्य रहेको छ र यसको लागि स्कील क्याम्पससँग एमओयु समेत भइसकेको छ । साथै, भिजिट नेपाल २०२० को लागि आफ्नो ठाउँबाट सकेको प्रचार प्रसार गर्न पहल गर्नेछु ।

अन्त्यमा?
– मलाई नेपाल सारै सुन्दर लाग्यो । यहाँ पर्यटन व्यवसायको सम्भावना अधिक देखे ँ। होटल व्यवस्थापन सम्बन्धी अध्ययन हुन तथा यसको प्रचार–प्रसार गर्न आवश्यक छ । होटल व्यवस्थापनको विषयमा स्कील क्याम्पसले गरेको कार्यको प्रर्शसा गर्दछु । साथै, यही सहयात्राको माध्यमबाट तालिम तथा अध्ययनका लागि नेपाली विद्यार्थीलाई बढीभन्दा बढी मौका दिनेछु ।