विराटनगर/ प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले अबको शिक्षा रोजगारमुखी सँगै जीवन उपमुखी हुनुपर्नेमा जोड दिएका छन् । निहारिका कलेजले विराटनगरमा शनिबार आयोजना गरेकोे अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अहिलेको शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको बताउँदै अबको शिक्षा रोजगारमुखी हुनुपर्नेमा जोड दिएका हुन् ।

बजारको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा दिन सके बेरोजगारको अवस्था कम भएर जाने मन्त्री घिमिरको भनाई थियो । उनले समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन रहेको भन्दै यिनै तीनवटा क्षेत्रमा खपत हुने प्रकारको जनशक्ति उत्पादन गर्न पनि आग्रह समेत गरे । अहिले संघीय शिक्षा ऐन नबनिसकेको अवस्थामा प्रदेशलाई पनि समस्या रहेको मन्त्री घिमिरेले बताए ।

नेहारीका कलेजले नयाँ आएका विद्यार्थीहरुलाई कलेजको बारेमा र यहाँ पढाइ हुने बिषयमा पनि जानकारी गराएको थियो । निहारिकामा बिएस सिएसआटी, बिएच आइएम, बिसिए, बिआइएम र बिबिएस अध्ययन अध्यापन गर्दे आएको छ ।

यस्तै कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई विद्यालयका क्याम्सप प्रमुख अमित ढकाल, अध्यक्ष रुपेश खतिवडा, मन्त्री घिमिरेलगायतले सम्मान गरे । कार्यक्रममा क्याम्सप प्रमुख, प्रदेश १ का मुख्य सचिव सुरेस अधिकारी कलेजका सञ्चालक दिपेश बास्तोला र सिवील बैंक प्रदेश १ का प्रमुख सन्तोष वुढाथोकीलगायतले बालेका थिए ।