धरान  / धरानका ट्याम्पो व्यवसायीहरुसँग नेकपाको यातायात मजदुर निर्वाचन परिचालन उपसमितिले छलफल गरेको छ ।
ट्याम्पोहरुको चार वटा संठगनका प्रतिनिधीहरुसँग भएको छलफलमा धरान उपमहानगरपालिकाले मजदुरको विषयमा गरेको कामबारे जानकारी गराइएको थियो ।
यातयात मजदुर निर्वाचन परिचालन उपसमितिका संयोजक तथा नेपाल यातयात स्वतनत्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईको उपस्थितिमा जिफन्टका धरान संयोजक शम्शेर बर्देवाले धरान उपमहानगरपालिकाले नेपाल मै पहिलो पटक श्रमिक हेल्प डेक्स स्थापना गरेको जानकारी दिए । उनले मजदुरको हकहितका लागि उपमहानगरले १० लाखको बजेट समेत विनियोजन गरेको जानकारी दिए । उपमहानगर कार्यपालिकका सदस्यसमेत रहेका बर्देवाले नेकपा नेतृत्वको सरकारले मजदुरको हकहितमा उल्लेखनीय काम गदैं आएकाले धरानमा उसकै नेतृत्व आवश्यक रहेको बताएका थिए ।
यातयात मजदुर निर्वाचन परिचालन उपसमितिका संयोजक राईले धरानमा ३५ सय यातायात मजदुर रहेको बताए । मजदुरमैत्री पार्टी नेकपा भएको बताउदैं प्रकाश राईलाई सबै मजदुरहरुको साथ रहने बताए । धरानमा १५ सय भन्दा बढि ट्याम्पो चालकहरु रहेका छन् ।