धरान / कम्बोडिया सरकारको निमन्त्रणामा ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीसहित तीन जना आज धरानबाट त्यस तर्फ लागेका छन् ।
शान्तिदुतसमेत रहेका उनीहरुलाई युनाइटेट पिस फिडेरेसन(युपिएफ) धरानले आज विदाई गरेको छ । कम्वोडियन सरकारको आयोजनामा यही नोभेम्वर २१ देखि कम्वोडियामा हुने ‘एसिया प्यासिफिक समिट’ नेपालबाट शान्तिदुतको रुपमा सहभागी हुन उनी गएका हुन ।
शान्तिदुत कार्कीसहित बराह ग्रुप अफ बराह धरानका प्रशासकीय प्रमुख गङ्गा कालिकोट,े झरना सहकारी सस्थाका व्यस्थापक मानबाहादुर मगर र काठमाण्डौबाट पूर्व मन्त्री एकनाथ ढकालको सहभागीता हुने बताइएको छ ।
उनीहरुलाई शान्तिदुत डम्बरकुमार तुम्वापो, बराह ग्रुपका कर्मचारीहरुले विदाई गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल भ्रमण गर्न कम्वोडियावासीहरुलाई आव्हानसमेत गर्ने कार्यक्रम रहेको सहभागी गंगा कालिकोटेले जानकारी दिए ।
क्याम्बोडिया सरकार र यूनिभर्सल पिस फिडेरेसनको आयोजनामा हुने सम्मेलनमा शुसासन, पारदर्शिता, युवा सशक्तिकरण र पारिवारिक मिलनकाबारेमा छलफल हुने छ । भारतले नेपालको भूभाग मिचेको विषयमा समेत विश्व समुदायलाई जानकारी गराउने प्रधान सम्पादक कार्कीले बताए ।
सम्मेलन नोभेम्बर २३ सम्म चल्ने छ । क्याम्वोडियाका सम्मेलन पछि भियतनाम र लावसमासमेत ३/३ दिनको सम्मेलन रहेको प्रधान सम्पादक कार्कीले जानकारी दिए ।































