धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटिले धरानको मेयर पदका थप एक जनाको नाम थपेर ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाएको छ ।
हजिो नेकपा धरान नगर कमिटीले जिल्ला सदस्यहरु प्रकाश राई, बेणु काफुले र फोक्वाहाङ सुब्बा (चोत्लुङ) नाम सिफारिस गरेर जिल्ला कमिटीलाई पठाएको थियो । जिल्लाले सोही नाम प्रदेश कमिटीमा पठाए पछि आज बसेको प्रदेशका पथाधिकारीहरुको बैठकले प्रदेश कमिटी सदस्य विजय राईको नाम थप गरेर केन्द्रलाई सिफारिस गरेको छ । राई प्रमुख दावेदारको रुपमा रहेका बेला नगरले सिफारिस नगरे पछि असन्तुष्ट बनेका थिए ।
नगरले पठाएको तीन जनामा एक जना विजय राईको नाम थपेर केन्द्रलाई पठाएको नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । नगरले एक महिलासहित पूर्व माओवादीबाट सुब्वा र पूर्व एमालेबाट प्रकाश राईको नाम पठाएको थियो । प्रकाश राई मावध नेपाल पक्षका मेयरका दावेदार हुन भने विजय राई केपी पक्षका दावेदार हुन् ।